3 years ago
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ ।

आज पहिलो दिनको खेलमा जुनियरतर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र सेनाका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।
क्षितीजले सेनाका सुविन श्रेष्ठलाई २१–१३ र २१–१४ ले तथा सुनिलले योङ्गसटर ब्याडमिन्टन क्लबका सम्यक शाक्यलाई २१–११ र २१–९ ले पराजित गरे ।
यस्तै अन्तिम १६ मा प्रवेश गर्ने क्रममा सेनाका सन्तोष पनेरुले देवी नगर ब्याडमिन्टन क्लबका सक्षम ढकालबाट वाकओभर, दाङ्गका अरुण अधिकारीले वाईसीवीसीका रिजन मगरलाई २१–१० र २१–१० को सोझो सेटमा, सेनाका डेभिड थापा मगरले एपिएफका अनिष गुरुङ्गलाई २१–८ र २१–८ ले हराए ।
यस्तै अमन तामाङले मानभवनका संगम मोक्तानलाई २१–९ र २१–११ ले, सुमिनिमाका अविनाष कार्कीले एपिएफका अमन महर्जनलाई २१–१९ र २१–१७ ले, सेनाका अनिल मल्लले वाईसीबीसीका सप्तेन हाङ्ग राईलाई २१–६ र २१–६ ले, सेनाका कविर के.सी.ले गुल्मीका जेनिस थकालीबाट वाक ओभर, कञ्चनपुरका निखिल भट्टले देवनगरका अदिश कार्कीलाई २१–१० र २१–११ ले पराजित गरे ।
यसैगरि राजेश क्षेत्रीले योङ्गस्टरका सुगत शाक्यलाई २१–१४ र २१–११ ले, सेनाका हिमाल चन्दले एपिएफका आरुश सिमखडालाई २१–७ र २१–१० ले, महेष खड्काले सूर्यदर्शनका अमन डङ्गोलबाट वाकओभर, एपिएफका रोशन साउदले सेनाका अभय महरलाई २१–११ र २१–१५ ले, वाईसीबीसीका किरण न्यौपानेले ईन्टरनेशनल ब्याडमिन्टन देव सेन्टरका अक्षत ढुङ्गेललाई २१–२ र २१–७ ले तथा सेनाका नरेन्द्र बमले एपिएफका प्रारम्भ सिमखडालाई २१–११ र २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]