3 years ago
January 21, 2023
पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा आइतबारदेखि सुरु हुने तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले सहभागिता नजाउने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै माघ ८ गतेदेखि १४ सम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउँदै महिलातर्फ दुई टोली पुलिस र केरेला स्टेन नआउने भएको जानकारी गराएको छ ।
महिलातर्फ नेपाल पुलिसका केही खेलाडी घाइते भएपछि अन्तिम समयमा उपस्थित नजनाउने भएपछि प्रतियोगिताको टेक्निकल टिम सदस्य टहलसिंह थापामगरले गण्डकीको महिला टिमलाई समावेश गरिएको जानकारी गराए । जसको कप्तानी अरुण शाहीले सम्हाल्ने छिन् ।
यससँगै महिलातर्फ त्रिभुवन आर्मी, गण्डकी प्रदेश, एपिएफ र न्यु डायमण्ड युथ स्पोर्टस् क्लब गरी चार टोली तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

उद्घाटनको दिन ३ खेल हुनेछ । बिहान १० बजे महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पुरुषतर्फ आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीच हुनेछ । दिउँसो १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता उद्घाटन गर्ने आयोजक समिति सदस्य रामकृष्ण ज्ञवालीले बताए ।
पुरस्कार राशि यसपालि गत वर्ष तुलनामा दोब्बर छ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक देवेन्द्र केसीले बताए । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ ।
दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राीत गर्नेछन् । आयोजकले प्यारापिट निर्माणमा ध्यान दिएको र नतिजा एलइडी स्क्रिनमा आउनेछ । ८० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]