default_image

3 years ago

January 23, 2023

साविक विजेता एपिएफको विजयी सुरुवात

189 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुवात गरेको छ ।

घरेलु टोली गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफले उपाधि रक्षाको अभियान थालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको एकपक्षीय खेलमा एपिएफले गण्डकीमाथि २५–११, २५–१९ र २५–१६ को सेटमा जित निकाल्न सफल भयो ।

गण्डकी प्रदेश अन्तिम समयमा टाइगर कपमा समावेश भएको टोली हो । विभागीय नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले सहभागिता नजाउने भएपछि गण्डकीलाई प्रतियोगितामा समावेश गरिएको थियो । तर, तीन भारतीय खेलाडी समावेश गरेको टोलीले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन ।

आज नै अब पुरुषतर्फ श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबले विभागीय त्रिभुवन आर्मी क्लबसँग तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार महिलातर्फ आर्मीले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा तथा पुरुषतर्फ एपिएफले आर्मीलाई ३–१ को सेटमा तथा घरेलु टोली गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, न्यु डायमण्ड र गण्डकी प्रदेश रहेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।

हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.