3 years ago
January 23, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकाल्न सफल भएकाे छ ।

एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेकाे हाे । यसअघि पहिलाे खेलमा एपिएफले आर्मीलाई ३–१ कै सेटमा हराउन सफल भएको थियो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई २५–१९, २१–२५, २५–१९ र २५–१८ को सेटमा हराउन सफल भयो । दुई साता अघि काठमाडौंमा भएको सातौं एनभिए क्लब च्याम्पियनसिपमा पनि एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
यस जितसँगै एपिएफले २ खेलबाट ६ अंक जोडेको छ । पुलिसले २ खेल खेल्दा अंक जोड्न सकेको छैन । आर्मीको २ खेलबाट ३ अंक छ । गण्डकीको एक खेलबाट ३ तथा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबले पनि अंक जोड्न सकेको छैन ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् । त्यसको ठाँउमा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दैछ । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]