default_image

3 years ago

January 23, 2023

तनहुँमा खुल्ला पुरुष भलिबल हुने

515 views

0 Bookmark

तनहुँ (हाम्रो खेलकुद) – मिलेनियम युवा क्लब तनहुँको आयोजनामा खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल प्रतियोगितासँगै विविध कार्यक्रम आयोजना हुने भएको छ ।

क्लबले ३१औं श्रपञ्चमीको अवसर पारेर खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल, महिला म्युजिकल चियर, छेलो, डोरी तान, मकै गन्ने, बाँसको टुप्पोमा रहेको भाले निकाल्ने र घैटो फुटाउने प्रतियोगिता हुने भएको छ । साथै मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारले प्रस्तुती दिनेछन् ।

श्रीपञ्चमी मेला तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ स्थित घडेरी खेल मैदानमा मंगलबारदेखि शुक्रबार अर्थात १० देखि १३ माघसम्म हुनेछ । पुरुष भलिबल ११ गतेदेखि तथा भेट्रान्स भलिबल, डोरी तान्ने, छेलो हान्ने र म्युजिकल चियरका खेलकरु माघ १२ देखि हुनेछ ।

पुरुष भलिबलको विजेताले ४० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार प्राप्त गर्नेछन् । भेट्रान्सको विजेताले खसी र मेडल र दोस्रोले बोका र मेडल जित्नेछन् । यस्तै उत्कृष्ट खेलाडीसँगै व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर र सर्भर) ले पनि ट्रफी प्राप्त गर्नेछन् ।

डोरी तान्ने, छेलो हान्ने र म्युजिकल चियरको विजेताले समान ५ हजार र प्रमाण पत्र तथा दोस्रो हुनेले ३ हजार प्राप्त गर्ने क्लबका सदस्य तथा राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङले जानकारी गराए । उनका अनुसार अन्य प्रतियोगिता मकै गन्ने, बाँसको टुप्पोमा रहेको भाले निकाल्ने र घैटो फुटाउने प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.