3 years ago
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं विश्व शारीरिक सुगठनका पदक विजेता खेलाडी तथा प्रशिक्षक नगदसहित सम्मानित भएका छन् ।

कालिमाटी, काठमाडौस्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहको अवसरमा १३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडेरेशन तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्षदिनेश राजभण्डारीले जनही २० हजार रुपैयाँले सम्मान गरेको हो ।
साथै दुवैजना खेलाडीको विशेष प्रशिक्षकमा रहेका रुजेश शाहीलाई पनि १० हजार रुपैयाले सम्मानित गरिएको छ । १३औं विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिर महिनाको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा भएको थियो ।
उपाध्यक्ष दिनेश राजभण्डारीले राज्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विशेष सम्मान गर्नु पर्नेमा समेत जोड दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]