default_image

2 years ago

January 25, 2023

स्केटबोर्ड टोली शारजाह जाँदै

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्केटबोर्ड विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार युएइको शारजाह प्रस्थान गर्ने भएको छ ।

जनवरी २९ देखि फेब्रुअरी १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा गजेन्द्र बर्देवा र बसन्त राई तथा महिलामा पेम्बा श्रेष्ठ र समिक्षा राई रहेका छन् ।

चारै खेलाडी गत जेठमा भएको राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताका स्वर्ण विजेता हुन् । टिम व्यवस्थापकमा अजय सारु तथा प्रशिक्षकमा उज्ज्वल डंगोल रहेका छन् ।

टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिदै बिदाइ गरे ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले विश्व च्याम्पियनसिप पेरिस ओलम्पिकका लागि खेलाडी छनोटको आधार भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.