default_image

3 years ago

January 26, 2023

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा

338 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ लगातार तेस्रोपटक उपाधिनजिक पुगेको हो । पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो सेटमा पराजित हुँदै उपाधि विमुख बनेको एपिएफले दोस्रो संस्करणमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलको पहिलो सेट एपिएफले २५–१३ ले तथा दोस्रो सेटमा २५–१७ को सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुवाती समयमा पछि परेको एपिएफले पूनरागमन गर्दै २५–२१ सेटमा जित निकाल्न सफल भयो ।

हारसँगै गण्डकीले लिग र नकआउट गरी सबै चार खेलमा हार बेहोर्न पुग्यो । गण्डकीले समूह चरणमा एपिएफ, आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबसँग हार बेहोरेको थियो ।

अब एपिएफले उपाधिका लागि शुक्रबार आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको विजेतासँग खेल्नेछ । यि दुई टोलीले केहीवेरमा दोस्रो सेमिफाइनल खेल्दैछ ।

आज नै पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । गण्डकी र सेन्ट जोसेफ तथा आर्मी र पुलिसबीच खेल हुनेछ । यो खेलपछि पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा हुनेछ ।

एपिएफ ४ खेलमा चार जितसँगै १२ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ । अब बाँकी चार टोलीमध्येबाट तीन टोली शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्नेछ । गण्डकीकाे तीन खेलबाट ५ अंक छ । आर्मीको तीन खेलबाट ४ अंक छ । पुलिसको २ तथा सेन्ट जोसेफको १ अंक छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.