3 years ago
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे । भक्तपुरका सोबराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाँल तेश्रो भए ।
महिला २३–२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो भइन् । जेनीले फाइनलमा बाह्रविसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराइन् । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेश्रो बने ।
पुरुष ३१–३४ केजीमा काठमाडौं महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तार्केश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउदै स्वर्ण जिते । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रविसेका मनिष थापाले कांस्य हात पारे ।
पुरुष एकल पुम्सेमा गोदावरीका निरब महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोश्रो तथा निलकण्ठ नगरपालिकाका समिर तामाङ र ललितपुर महानगरपालिकाका विलबराज क्षेत्री तेश्रो भए ।
उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावारीकी सरगम थापा दोश्रो तथा तार्केश्वरकी कुन्जिता गुरुङ र निलकण्ठकी सुवानी तामाङ तेश्रो भए ।
प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३ सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]