3 years ago
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोश्रो भयो । जैशीदेवलले ३ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो ।
तेश्रो स्थानको भक्तपुर नगरपालिकाले २ स्वर्ण र ४ कांस्य हात पा¥यो । प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा आयोजक ‘बी’ का सुरेशहाङ लिम्बू तथा महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी घोषित भए ।
पुम्सेको पुरुषमा गोदावरी नगरपालिकाका पिरव महर्जन तथा महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले १ सय अमेरिकी डलर नगद पुरस्कार पाए ।
काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक तथा भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बने । दुवैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार हात पारे ।
विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३ सय खेलाडी सहभागी थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]