3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् । रविनाले प्रहरीकी एलिना महर्जनलाई ११–८, ११–५, ९–११, ११–६ र ११–९ को सेटमा हराइन् ।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रहरीका विनेश खनियाँ र ग्लोबल टेबलटेनिस एकेडेमी, भारतका सन्तोष कुमारले उपाधि भिडन्त पक्का गरे ।
विनेशले ग्लोबलका भ्रिसन बभनकालाई ११–५, ११–५, ११–९ र ११–८ तथा सन्तोषले वाइल्ड कार्ड, भारतका प्रशन्न कुमारलाई १०–१२, ११–७, ११–६, १५–१३ र ११–९ को सेटमा पाखा लगाए ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखा समाज सेवाका चन्दन शाहीले स्वर्ण जिते । चन्दनले पूर्व राष्ट्रिय च्याम्पियन न्यातपोलो कर्नर टिमका शिवसुन्दर गोथेलाई १०–१२, ११–६, ५–११, ११–९ र ११–५ ले पन्छाए । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष र महिला सिंगल्सको फाइनल हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]