default_image

3 years ago

February 5, 2023

एपिएफको लगातार दोस्रो जित

308 views

0 Bookmark

काठमडाौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले काठमाडौंमा शनिबारदेखि शुरु भएको छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा एपिएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ को सोझो सेटमा हरायो । एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैया र ट्रफी प्राप्त गरिन् ।

लगातार दोस्रो हारसँगै पछिल्लो संस्करणमा फाइनल खेलेको आर्मीको फाइनल पुग्ने सम्भावना झिनो बनेको छ । लगातार दोस्रो जितसँगै एपिएफको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार दोस्रो हार बेहोरेको आर्मीको अंकको खाता खोल्न सकेको छैन ।

आज नै दोस्रो खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै डायमण्ड लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो पार्ने लक्ष्यमा रहँदा पुलिस पनि जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राख्न चहान्छ । पुलिसको फाइनल पुग्ने सम्भावना सकिनेछ ।

२४ माघसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् । मंगलबार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.