3 years ago
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा आइतबार भएको खेलमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले ७ स्कोर गरिन् ।
सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) र रातो बंगला पनि क्वाटरफाइनलमा पुगे । एमआईएसले क्लिनटनलाई १७–६ तथा रातो बंगलाले स्वर्णिमलाई १७–१० ले हराए । एमआईएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अन्शु उरावले समान ८–८ अंक जोडे ।
सिनियर ब्वाइज बास्केटबलमा पिपुल्स एकेडेमी, एमआईएस र नेपालयले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । पिपुल्सले स्वर्णिमलाई २४–२१, एमआईएसले एक्सेल्सियरलाई ४१–१८ र नेपालयले एलआरआईलाई ४३–१८ ले पाखा लगाए । पिपुल्सका राकेश भुजेलले १४, एमआईएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुले ।

फुटबलको यु–१२ ब्वाइजमा बृहस्पति विद्या सदनले एक्सेल्सियरलाई ४–० र रिब्सलाई ५–१, लोयल्टी एकेडेमीले द चाँदबाग स्कुललाई ७–१, श्री सञ्जय साइले ओराकललाई १–० तथा काष्ठमण्डपले श्री सञ्जय साइलाई ८–० गोलअन्तरले पराजित गरे । एक्सेल्सियर ‘नीलो’ र रिब्सले १–१ को बराबरी खेले ।
यु–१६ ब्वाइजमा एक्सेल्सियरले रिब्स ‘बी’ लाई ४–१, रिब्स ‘बी’ ले लोयल्टीलाई ७–१ र लोयल्टीले श्री सञ्जय साइलाई ३–० ले हराए । एक्सेल्सियर र श्री सञ्जय साइले गोलरहित बराबरीमा खेल टुंगाए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]