default_image

2 years ago

February 6, 2023

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना आयोजना हुने एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइसको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । यसपटक मनोनयनमा क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका अन्जन विष्ट, पौडीका डुवाना लामा र भलिबलकी उषा भण्डारी पर्न सफल भएका छन् । खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले वर्ष गत वर्षभरि खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको बताए ।

१९औं संस्करणको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड यही २०७९ साल फागुन २३ गते हुँदैछ । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ ।

ई–सेवाको मतभार– ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुकको मतभार– २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने), राष्ट्रिय प्रशिक्षकको मतभार– १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार– १२ दशमलब ५ प्रतिशत रहनेछ । भोटिङका लागि विद्युतीय भुक्तानीका सेवा प्रदायक ई–सेवासँग प्रायोजन सम्झौता भइसकेको छ । ई–सेवासँग लगातार तेस्रो वर्ष सहकार्य हो ।

यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हुनेछ ।

पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । विगतमा चार पल्सर मोटरसाइकल प्रदान गरिएकोमा यस वर्ष युवा विधाका विजेतालाई पनि मोटरसाइकल प्रदान गर्ने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहनेछ । अन्यमा सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, डिस मिडिया नेटवर्क लिमिटेड, सुबिसु, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

डुवाना लामा (पौडी)

– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ स्वर्ण, १ रजत पदक

– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा २ रजत र ३ कांस्य पदक

– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ स्वर्ण र ५ रजत पदक

– २०६४ सालदेखि निरन्तर पौडीमा सक्रिय सहभागिता

– फिना विश्व च्याम्पियनसिप २०१८, चीन

– हङकङ ओपन स्विमिङ च्याम्पियनसिप २०१८

– १९औं फिना विश्व च्याम्पियनसिप बुडापेस्ट २०२२

– सिंगापुर नेसन्स च्याम्पियनसिप,

– एसियन एज ग्रुप च्याम्पियनसिप

अञ्जन विष्ट (फुटबल)

– बंगलादेशविरुद्धको मैत्रीपुर्ण फुटबल खेलमा ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने छैटौं नेपाली खेलाडी

– राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल खेलाडी । सर्वाधिक गोलकर्ताको दौडमा तेस्रो स्थानमा रहन सफल । उनीभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्कामात्र अगाडि ।

– सहिद स्मारक ए डिभिजन लिगमा

– पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा निर्णायक गोल । उनको गोलबाट १४ वर्षपछि पाकिस्तानलाई हराउन सफल

– विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’ मा चाइनिज ताइपेइविरुद्ध गोल

– १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बंगलादेशविरुद्ध गोल ।

– भारतको फुटबल लिगमा मुम्बई केन्क्रे एएफसीबाट व्यावसायिक फुटबल खेलेका ।

– मनाङ मर्स्याङ्दीका पूर्वकप्तान

अभिलाषा विष्ट (लन टेनिस)

– नेपालकी नम्बर एक महिला टेनिस खेलाडी

– आईटीएफअन्तर्गतका प्रतियोगितामा व्यावसायिक टेनिस खेलिरहेकी

– प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी ।

– त्रिभुवन आर्मी क्लबबाट खेल्दै नवौं राष्ट्रिय खेलकुदमा चारै स्वर्ण पदकमा क्लिनस्विप गर्दै कीर्तिमान । महिला टिम इभेन्ट,महिला एकल, महिला डबल्स र मिक्स डबल्समा स्वर्ण पदक ।

– वीर गणेशमान सिंह राष्ट्रिय ओपन टेनिसअन्तर्गत महिला एकलमा स्वर्ण

– १९औं माछापुच्छ्रे बैंक राष्ट्रिय ओपन टेनिसको महिला एकलमा स्वर्ण

– पाकिस्तानमा भएको आईटीएफ वल्र्ड र्याङकिङ प्रतियोगितामा महिला एकलमा रजत । महिला डबल्समा स्वर्ण

– आईटिएफ विश्व र्याङकिङ प्रतियोतगा पोखरामा महिला डबल्समा स्वर्ण पदक

उषा भण्डारी (भलिबल)
– नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य

– नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले बंगलादेशविरुद्ध खेलेर डेब्यु गरिन् ।

– नेपालले २०२१ को डिसेम्बरमा दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य ।

– घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने ।

– माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतिस्पर्धा

– सातौं एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित

आसिफ शेख (क्रिकेट
– ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमै अविजित अर्धशतक । नेदरल्यान्ड्सविरुद्ध ओपनर कुशल भुर्तेलसँग ११६ रनको साझेदारी । यो नेपालको उच्च ओपनिङमा उच्च साझेदारी ।

– एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तेस्रो उच्च रनकर्ता (२३ खेलमा ५ अर्धशतक, ६५५ रन )

– ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको पाँचौं उच्च रनकर्ता (२० खेलमा २ अर्धशतकसहित ४६८ रन )

– एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो र दोसं्रो विकेटको लागि उच्च साझेदारी । पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११४ रनको ( २०२२ मा ओमान विरुद्ध ) , दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग १२२ रनको ( २०२२ मा युएई विरुद्ध )

– केन्याविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक (११० रन, २०२२ सेप्टेम्बर)

– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शतक (कर्णाली प्रदेशविरुद्ध १३० रन )

– आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्ष १०० स्थानभित्र पर्न सफल

– युएईविरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको निर्णायक तेस्रो खेलमा अविजित ८८ रन बनाउँदै प्लेयर अफ द म्याच

– स्कटल्यान्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय जितमा ७१ रन बनाउँदै प्लेयर अफ द म्याच (२०२२ जुलाई )

– केन्या भ्रमणअन्तर्गत तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज घोषित ।

– २०२१ मा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय जित, २०२२ मा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज, २०२१ मा नेदरल्यान्डस र मलेसियाविरुद्ध ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज, २०२२ मा मलेसिया र पपुवा न्यु गिनीविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित, २०२२ मा केन्याविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित पाउँदाका सदस्य ।

पिपल्स च्वाइस अवार्डकाे हालसम्मकाे विजेता

२०६५– मञ्जु गुरुङ (भलिबल)

२०६६– सन्तोष साहुखल (फुटबल)

२०६७– सिपोरा गुरुङ (भलिबल)

२०६८– रमिला तण्डुकार (भलिबल)

२०६९– झरना गुरुङ (उसु)

२०७०– सरस्वती चौधरी (भलिबल)

२०७२– नविता श्रेष्ठ (टेबलटेनिस)

२०७३– कान्छीमाया कोजु (एथलेटिक्स)

२०७४– स्यान्टु श्रेष्ठ (टेबलटेनिस)

२०७५– रेश्मा भण्डारी (भलिबल)

२०७६– अरुणा शाही (भलिबल)

२०७७– एलिना महर्जन (टेबलटेनिस)

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 26, 2025

अस्ट्रेलियामा प्रतिभा र सरस्वतीको टोलीबीच च्यारिटी खेल हुने

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]

Success

Thank you for your time.