काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय वाणिज्य बैंक १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल आयल निगम ‘बी’, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’ तथा एभरेष्ट बैंक पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
फुटसल बुधबार सम्पन्न हुनेछ । माघ २६ गतेदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु हुने पेस्डानका महासचिव एवं ब्याडमिन्टनका संयोजक रामविनय श्रेष्ठले जनाएका छन् । फुटसल र ब्याडमिन्टनको कुल पुरस्कार राशी २ लाख २५ हजार रुपैयाँ रहेको छ ।