3 years ago
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

प्रिन्स पुरुष एकलमा तथा जेशिका महिला एकलमा च्याम्पियन बनेका हुन् । शनिबार भएको फाइनलमा उपाधि जित्ने क्रममा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१ र २१–१५ ले पराजित गर्दै उपाधी उचाले ।
महिला एकलमा जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८ र २१–१५ ले पराजित गर्दै उपाधि जित्न सफल भइन् । उपाधिसँगै प्रिन्स र जेशिकाले समान ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
उपविजेता बनेको प्रफुल र अमिताले २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ तेस्रो भएका पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन तथा महिलाको तेस्रो भएको आर्मीकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजवंशीले समान १० हजार रुपैयाँ हात पारे ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३ र २१–१४ ले तथा महिला डबल्समा आर्मीकी अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१० र २१–९ ले पराजित गर्दै उपाधि हात पारे ।
उपाधिसँगै च्याम्पियन जोडीले समान ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको पुरुष र महिला दुवैको जोडीले १५ हजार र तेश्रो भएका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगर तथा महिलाको झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीले समान ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
मिक्स युगलतर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१० र २१–८ ले पराजित गर्दै उपाधिसँगै ३० हजार प्राप्त गरे । लिनथेप र राईको जोडीले १५ हजार प्राप्त गरे । एपिएफका क्षितीज खनाल र जेशिका गुरुङ तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडीले समान ७ हजार ५ सय प्राप्त गरे ।
भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडीले स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८ र २१–१८ ले पराजित गदै उपाधि जित्न सफल भए । उनीहरुले २० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको जोडीले १० हजार तथा तेस्रो भएको तेह्रथुमका गोपाल खापुङ र मदन लिम्बुको तथा दीपक आङदेम्बे र बिकास श्रेष्ठको जोडीले समान ५ हजार पाए ।
भेट्रान ५५ बर्ष माथि सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडीलाई पराजित गर्दै गुहाटीका बास्तव नियोग र धादिङका बिष्णु लाल श्रेष्ठको जोडीले बाजी मारे । नियोग र श्रेष्ठको जोडीले राई र तामाङको जोडीलाई २१–१० र २१–१९ ले पन्छाए ।
मोरङका कुमार घले र सुनरीका भोज राज रखालको जोडी तथा कास्कीका रमेश भट्टचनक र ललितपुरका दिल बहादुर कदङ्गवाको जोडी संयुक्त तेश्रो भए । बिजयी जोडीले २० हजार, उपविजयी जोडीले १० हजार र तेश्रो हुने जोडीले समान ५ हजार पाए ।
छात्र यु–११ तर्फको खेलमा एपिएफका आरुष सिमखडाले भोजपुरका तयाबुङ राईलाई २१–१० र २१–१३ ले पराजित गर्दै बिजयी भए । आर्मीका दीप थिङ र सप्तरीका संगम राउत तेस्रो भए । छात्रातर्फ कास्कीकी निभा राईले भोजपुरकी रितु तामाङबाट रिटायर्ड हर्ट भएपश्चात खेल जितिन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी ईशिता खत्री र सुनसरीकी रिश्ता रावल रहे । बिजयीले १३ हजार, उपविजयीले नगद ७ हजार र तेस्रोले समान ३ हजार ५ सय पाए ।
यु १३ छात्रतर्फ आर्मीका रिजन मगरले एपिएफका आरुष सिमखडालाई २१–१७ र २१–१२ ले पराजित गर्दै उपाधी उचाले । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ र तनहुका सफल भुजेल तेस्रो भए ।
छात्रातर्फ आर्मीकी रिहाना शेरचनले आफ्नै क्लबकी टिसारानी शाक्यलाई रिटायर्ड हर्टमै पराजि तगरिन् । आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी निभा राई तेस्रो भइन् । विजयीले १५ हजार, उपविजयीले ८ हजार र तेश्रोले समान ४ हजार पाए ।
यु १५ छात्रतर्फ सेनाका कविर केसीले एपिएफका अरुण अधिकारीलाई २१–१२ र २१–१४ ले पराजित गर्दै उपाधी उचाले ।सुनसरीका संगम गिरी र कैलालीका शिषिर राना तेस्रो भए ।
छात्रातर्फ आर्मीकी टिसारानी शाक्य घाईते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन् । बेलटार ब्याडमिन्टन एकेडेमीकी बिकिता आचार्य र कास्कीकी निभा राई तेस्रो भइन् । विजयीले १७ हजार, उपविजयीले ९ हजार र तेश्रोले समान ४ हजार ५ सय प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई नेकपा एमाले १ नं. प्रदेश सभा सदस्य तथा सचेतक माननिय रेवती रमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्र शेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]