default_image

3 years ago

February 12, 2023

लिनिङ बाह्रौं पुष्पलाल स्मृति ब्याडमिन्टन मंगलबारदेखि

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा लिनिङ १२औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ ।

प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । शहिद रंगशालास्थित कभर्डहलमा फागुन २ देखि ७ गतेसम्म हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ रहेको छ ।

मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ रहेको छ । प्रतियोगिताको नाम ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितारहने छ । प्रतियेगिताको सह प्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेको छ । नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ वरीयतामा रहेका पुरुष एकल, शीर्ष १२ वरीयतामा रहेका महिला एकल, शीर्ष १६ वरीयता बाहेकका पुरुष एकल, शीर्ष १२ वरीयता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २५० खेलाडीहरुको सहभागिता रहनेछ ।

करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशी ५ लाख ९८ हजार रहेको छ । शीर्ष १६ वरीयता पुरुष र शीर्ष १२ वरीयता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै १ हजार ५ सय प्राप्त गर्नेछन् ।

यसैगरि लिग चरणमा प्रत्येक जितबापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाइनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै उच्च वरीयता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.