default_image

3 years ago

February 15, 2023

नवौंमा पदक जित्ने एपिएफका खेलाडी सम्मानित

458 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गरेको छ ।

सशस्त्र प्रहरी बलले बुधबार आफ्नै प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै नवौंमा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

यस्तै सशस्त्रले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पु¥याएका विभिन्न व्यक्तित्वलाई पनि सम्मानित गरेको छ । पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल र बंशीराज दाहालले पुरस्कारसहित सम्मानित गरे ।

गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोस्रो स्थान हासिल गरेको थियो ।

कुल ३६ खेल विधा समावेश गरिएको नवौंमा एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम कप्तानलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउँदै आगामी दिनमा समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

यस्तै एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसरमा पहिलो पटक १६ जना खेलाडीलाई एक तह बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.