3 years ago
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् ।

माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नेतृत्व चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण एसियाका अन्य प्रतिनिधिलाई महासंघको विभिन्न जिम्मेवारी दिएको कर्णाली प्रदेश सांसद समेत रहेका शाहले बताए ।
शाहले आफूलाई प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा श्रीलंकाका फर्नान्डो पलिथा उपाध्यक्षमा शाहसहित माल्दिभ्सका थोलाल र भुटानका छेवाङ रिन्जिङ रहेका छन् । त्यस्तै पाकिस्तानका जाफर महासचिव, भारतका रविन्दर चौधरी वरिष्ठ संयुक्त सचिव, माल्दिभ्सका मुनिथ्थे संयुक्त सचिव र बंगलादेशका अब्दुल रोविक कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै महासंघले श्रीलंका र बंगलादेशका समान एक महिला प्रतिनिधिलाई सदस्यमा चयन गर्नेछ ।

माल्दिभ्सबाट बुधबार स्वदेश फर्केका शाहले अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको क्षेत्रिय महासंघ गठन गर्ने निर्देशन अनुसार दक्षिण एसियाली एथलेटिक्स महासंघको नयाँ कार्यसमिति चयन भएको बताएका छन् । यसअघि पनि महासंघ गठनको प्रयास भएपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । महासंघ गठनसँगै दक्षिण एसियाली राष्ट्रका बीचमा सिनियर र जुनियर च्याम्पियसिप आयोजनाको संख्या बढ्ने सम्भावना रहेको शाहको बुझाई छ ।
शाहले संघको आयोजनामा फागुन २३ गते गोकर्णमा आयोजना हुने एसियन क्रस कन्ट्रीमा दक्षिण एसियाली राष्ट्रका प्रतिनिधि समेत रहेका महासंघका पदाधिकारी काठमाडौं आउने सम्भावना छ । संघले २२ वर्षपछि नेपालमा च्याम्पियनसिपको आयोजना गर्दैछ । सिनियर र जुनियरमा गरि १९ नेपाली खेलाडीले च्याम्पियनसिपमा भाग लिने तयारीमा छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]