3 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको सानोभ¥याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुलले अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई पुरस्कृत गरेका छन् ।

१४ फागुनदेखि पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न १२ विद्यालयका यू–१३ ब्वाइज, यू–१६ ब्वाइज र गल्समा प्रतिस्पर्धा भएको थियो ।
यू–१६ गल्समा आयोजक स्वस्तिश्री पहिलो, नेक्सस दोस्रो तथा एभिएस तेस्रो भएको थियो । ब्वाइजमा नेक्सस पहिलो, आयोजक स्वस्तिश्री दोस्रो तथा आर्या एकेडेमीले तेस्रो स्थान हासिल गरेको थियो । यस्तै यू–१३ ब्वाइजमा रिब्स स्कुल प्रथम, किड्स् लर्निङ स्कुल द्वितीय र एक्सेल्सियर स्कुल तृतीय भएका थिए ।
यू–१६ गल्समा नेक्ससकी सोभियना ढकाल सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । स्वस्तिश्रीकी शुभाना मानन्धर गोलरक्षक र स्वस्तिश्रीकै शर्भानी सुवेदीसर्वाधिक गोलकर्ता चुनिइन् ।
यू–१६ ब्वाइजमा स्वस्तिश्रीका कृपल गिरी सर्वाेत्कृष्ट भए । नेक्ससका निहान्त राना गोलरइाक तथा नेक्ससकै कृष्ण बहादर आले सर्वाधिक गोलकर्ता भए ।
यू–१३ ब्वाइजमा किड्स लर्निङ स्कुलका रेहान बास्कोटा सर्वाेत्कृष्ट, रिब्सका आयुष केसी गोलरक्षक तथा एक्सेल्सियरका सुवेग पाण्डे सर्वाधिक गोलकर्ता चुनिए ।
विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी, अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार, नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे, नेपाली राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ, राष्ट्रिय फुटवल टिमका सदस्य सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठ, विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार, विद्यालयकी प्रिन्सिपल नेहा केसीलगायतले पुरस्कृत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]