3 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – केभीपीपीसीका एलेक्स महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनिल महर्जनलाई ९–११, ११–९, ७–११, ११–३, ११–५ र ११–५ को सेटमा पराजित गरे ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष सिंगल्स ‘बी’ प्रतिस्पर्धामा सीवाइसीका राजेन्द्रमान श्रेष्ठ पहिलो भए । उनले फाइनलमा एलटीटीसीका सलिम ताम्राकारलाई ११–८, ८–११, ५–११, ११–५ र १२–१० ले हराए । एलटीटीसीका विभूष श्रेष्ठ र सोल्चापूखू स्पोर्ट्सका सुशिल वज्राचार्य तेश्रो भए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोड स्पिनका राजेश्वर महर्जनले फाइनलमा सीवाइसीका राजु शाक्यलाई ११–९, ११–८, ६–११ र ११–७ ले पाखा लगाउदै पहिलो भए । एपीएमका ठाकुर थापा र सीवाइसीका विक्रम श्रेष्ठ तेश्रो बने ।
विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र मलेखु, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, ललितपुर जिल्ला टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सुदिल शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा करिब १ सय ८० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेको ज्याकी महर्जनले जनाएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रालि, सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामाग्री पार्टनर डिएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]