default_image

3 years ago

March 10, 2023

शहीद स्मृति क्योकुसिन कराते आइतबार

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एटेमी क्योकुसिन कराते संघको आयोजनामा प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगिता आइतबार हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् । बानियाँटारमा हुने एकदिने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितालाई लक्षित गरी शुक्रबारदेखि सेमिनार पनि सुरु भएको छ । दुईदिने सेमिनारमा १ सय सहभागी छन् । सेमिनार र प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा. एटिला गुवासीसहितको ७ सदस्यीय टोली शुक्रबारै नेपाल आइपुगेको छ ।

उनीहरुलाई ब्रान्च चिफ थापालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.