3 years ago
March 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले शीर्षस्थानमा कायमै राख्न सफल भएका छन् ।

३–अन्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरका साथ दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै उपाधि रक्षा गर्ने सम्भावनालाई समेत बलियो बनाएको छ ।
इभन–पार ७२ सहित समग्रमा १५–अन्डर २ सय १ सहित भुवन दोस्रो तथा युवा एमेच्योर खेलाडी सदभाव आचार्यले ८–अन्डर ६४ को उत्कृष्ट स्कोरमा समग्रमा ११ अन्डर २ सय ५ को स्कोरमा तेस्रो स्थानमा छन् । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ ६–अन्डर ६६ खेल्दै समग्रमा ७–अन्डर २ सय ९ मा चौथो स्थानमा छन् ।
यसैगरी जयराम श्रेष्ठले ३–अन्डर ६९ मा दिनको खेल सकाउँदै समग्रमा ४–अन्डर २ सय १२ को नतिजामा पाँचौ स्थानमा रहे । ३–अन्डर ६९ खेलेका शिवराम पौडेल समग्रमा १–अन्डर २ सय १५ मा छैटौं स्थानमा छन् ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा समग्रमा इभन–पार २ सय १६ को स्कोरमा सञ्जय लामा र निरज तामाङले संयुक्तरुपमा सातौं स्थान बाँडे ।
टंक बहादुर कार्की समग्रमा २–ओभर २ सय १८ सहित नवौं स्थानमा र कूल ४–ओभर २ सय २० सहित दिनेश प्रजापति क्रमश नवौं र दशौं स्थानमा छन् । दुवैले आज इभन–पार ७२ मा खेल सकाए ।
अघिल्लो दिन ११–अन्डर ६१ को नयाँ कोर्ष रेकर्ड कायम गरेका शुक्रले बिहीबार फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । उनले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि ११औं होलमा बोगी खेपेपनि १०औं र १२औं होलमा एक–एक सट बचाउदै ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे ।
भुवनले फ्रन्ट र ब्याक नाइन दुबैमा इभन–पार ३६ खेले । तेस्रो होलमा एक सट बचाएपनि चार–पारको चौंथो होलमा डबल बोगी खेपे । सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाईन सकाए । यसपछि १०औं र १४ औं होलमा बोगीको सामना गरे भने ११औं र १७औं होलमा बर्डी खेले ।
युवा गल्फर सदभाव आचार्यले ८–अन्डर ६४ को दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा ४–अन्डर ३२ खेले । उनले तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे । बोगीरहित खेल्ने क्रममा सदभावले ब्याक नाइनमा पनि ४–अन्डर ३२ मा नै सकाए । उनले १०औं देखि १२औं होलसम्म लगातार तीन र १७ औं होलमा एक बर्डी प्रहार गरे। ८–अन्डरको स्कोर सदभावको करियरकै उत्कृष्ट प्रदर्शन हो ।
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले पनि बोगीरहित ६–अन्डरको कार्ड बनाउने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन समान ३–अन्डर ३३ मा पुरा गरे । उनले तेस्रो छैटौ, सातौ, १२औं, १३औं र १४औं होलमा एक–एक सट बचाए । प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]