default_image

3 years ago

March 17, 2023

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि, सद्भावलाई करिअरको पहिलो ट्रफी

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् ।

अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड समेत बराबरी गरेका छन् ।

\उनले सन् २००८ को सुर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३–अन्डरको रेकर्ड बराबरी गरेका हुन् । यही प्रतियोगिताको दोस्रो दिन भने उनले ११–अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए ।

भुवन नगरकोटीलाई ४ स्ट्रोकले हराउँदै करिअरको ११औं उपाधि जित्दा शुक्रले १ लाख ४० हजार प्राप्त गरे । ४–अन्डर ६८ अंक जोड्दै समग्रमा १९–अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार हात पारे ।

४–अन्डर ६८ सहित समग्रमा १५–अन्डर २ सय ७३ मा सदभाव आचार्य तेस्रो भए । समग्रमा तेस्रो भएका १६ वर्षिय युवा गल्फर सद्भावले पहिलो पटक एमेच्योरतर्फको उपाधि जित्न सफल भए ।

उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । सुबासले शुक्रबार ७–अन्डर ६५ को स्कोर कार्ड बनाए । समग्रमा १४–अन्डर २ सय ७४ सहित चौंथो स्थान प्राप्त गरे । एमेच्योरतर्फ उनी दोस्रो भए।

प्रोफेसनलतर्फ समग्रमा २–ओभर २ सय ९० सहित निरज तामाङ तेस्रो भए । उनले आज २–ओभर ७४ मा खेल सकाए । निरजले ६७ हजार प्राप्त गरे। ९–ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५–ओभर २ सय ९३ सहित चौंथो स्थानमा प्रतियोगिता सकाए । उनले ५५ हजार नगद जिते ।

यसैगरी ४–ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंक बहादुर कार्की पाँचौ भए । १–ओभर ७३ खेल्दै ६–ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए । यस्तै ९–ओभर ८१ स्कोर गर्दै ८–ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए । पाँचौ, छैटौ र सातौ भएका खेलाडीहरुले क्रमश ४७ हजार, ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे ।

समग्रमा १०–ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रबि खड्काले आठौं स्थान बाँडे। उनीहरूले जनही ३२ हजार प्राप्त गरे। सञ्जयले १०–ओभर ८२, बलभद्रले ५–ओभर ७७ र रबिले १–अन्डर ७१ मा अन्तिम दिनको खेल सकाए ।

शुक्रले १–ओभर ३७ मा फ्रन्ट नाइनको खेल सकाए। पहिलो होलमा नै बोगी खेपेपनि दोस्रो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। छैटौ होलमा एक सट खेर फाल्दा ३–पारको आठौं होलमा ट्रीपल बोगी खेपे। नवौं होलमा भने एक सट बचाए। यसपछि ११औं, १२औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।

भुवनले फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गर्ने क्रममा आठौं होलको बोगीका विरूद्ध तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं र १६औ होलमा एक–एक सट बचाउँदै ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे ।

राष्ट्रिय टिमका सदस्य सद्भावले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा पाँचौ र नवौं होलमा बोगी खेपे भने उनले ५–पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे । यसपछि सद्भावले ११औं, १२औं र १५औं होलमा एक–एक सट बचाए भने १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन पनि २–अन्डर ३४ मा पुरा गरे ।

सुबासले ७–अन्डर ६५ को सानदार नतिजामा फ्रन्ट नाइनको खेल सकाए । उनले पहिलो, तेस्रो, चौंथो, छैटौं, सातौं र आठौं होलमा कुल ६ बर्डी प्रहार गरे। पाँचौ होलमा भने बोगी खेपे । उनले ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे । ११औं र १४औं होलमा एक–एक सट बचाए भने ५–पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे । तर सुबासले १५औं र १८औं होलमा बोगीको सामना गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ भाइस–प्रेसिडेन्ट दीप्रा लहीरी तथा एनपीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कृत गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.