default_image

3 years ago

March 27, 2023

मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल अर्काे महिना

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा बैशाख दोस्रो सातादेखि मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता बैशाख ९ गतेबाट १६ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुने आयोजकले जनाएको छ ।जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको समन्वयमा हुने प्रतियोगितामा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।

टिम दर्ताको लागि आयोजकले चैत २० देखि नयाँ वर्ष २०८० को बैशाख ५ गतेसम्मको लागि समयसीमा तोकेको छ ।प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको विजेताले समान २ लाख रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो हुनेले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.