default_image

1 year ago

April 4, 2023

विश्व विद्यालय र विद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वविद्यालय खेलकुद तथा विद्यालय खेलकुद प्रतियोगिता सम्वन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आगामी आर्थिक बर्ष प्रतियोगिता सन्चालन गर्ने सम्वन्धमा छलफल भएको परिषदका वोर्ड सदस्य प्रकाश कुसारीले बताएका छन् ।

त्रिभुवन, पूर्वान्चल, पोखरा, कृषि तथा बन विज्ञान विश्वविद्यालय, प्याव्सन, एनप्याव्सन, हिसान तथा सुरक्षा निकायबाट सन्चालन भएका विद्यालयका प्रतिनिधि संग प्रतियोगिताको उदेश्य, टिम तयारी र सहभागिता, सहकार्य तथा बजेट व्यवस्थापन सम्वन्धमा अन्तरसम्वाद भएको हो ।

प्रतियोगिताहरु तल्लो तहबाट नै छनौट गरि राष्ट्रिय प्रतियोगिता गरिनु पर्नेमा सहभागिहरु सहमत भएका छन् । विश्व विद्यालय प्रतियोगिताका लागि सबै विश्व विधालयहरुले आफु मातहतका क्याम्पसहरुबाट छनौट गरि टीम बनाउनु पर्ने र विद्यालयहरुले जिल्ला तहबाट नै छनौट गरि केन्द्रिय टिम तयारी गर्नु पर्ने राखेपको प्रस्तावमा सहमती भएको हो ।

विद्यालय तथा विश्व विद्यालयका प्रतिनिधि संग अलग अलग भएको छलफलबाट आगामी बर्ष प्रतियोगिता गर्न आफ्नो नीति तथा कार्यक्रम मार्फत बजेट माग गर्ने र सम्वन्धित विश्व विद्यालय र विद्यालयहरुले छनौटका लागि बजेट व्यवस्था गर्नु पर्ने छ । खेलाडी उत्पादनको मुख्य आधार विद्यालय र विश्व विद्यालय नै हुन भन्दै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शैक्षिक सस्थाहरु संगको सहकार्यबाट मात्र खेलाडी उत्पादन सहज हुने बताए ।

विभिन्न प्रकारका प्रतियोगिताबाट मात्रै अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादन हुन सक्ने सहभागिहरुको भनाई छ । पहिलो चरणको कार्यक्रममा प्याव्सन, एन प्याव्सन, शिक्षा मन्त्रालयका उपसचिव, युवा तथा खेलकुद मन्त्रालयका अधिकृत, नेपाल पुलिस स्कुल, नेपाल एपीएफ स्कुल, तथा शैनिक महाविद्यालयका प्रतिनिधि, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, प्रशासिकय अधिकृतहरु सुनिल दाहाल, ओमनाथ न्यौपाने लगायतको सहभागिता थियो ।

दोस्रो चरणको अन्तरसम्वाद कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको परिषद्का प्रशासकिय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.