2 years ago
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)- बालगोपाल महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ।
दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै जित निकालेको हो । महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी र अर्को खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेलेको थियो।
मिलन राईको निर्णायक गोलमा चर्च ब्वाइज विजयी भएको थियो । अर्को गोल आशिष चौधरीले गरेका थिए। सातदोबाटोका लागि निरज चौधरीले गोल गरेका हुन् । सातौं मिनेटमा आशिषको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो। आशिषको पहिलो प्रहारलाई सातदोबाटोका गोलकिपर आभिषेक बरालले रोके पनि पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि रिबाउन्डमा आशिषले गोल गरेका थिए।
३४ औं मिनेटमा सातदोबाटोका लागि निरजले बराबरी गोल फर्काए थिए। विलियम ओपुकुको कर्नरमा निरजले नजिकबाट हेडमार्फत गोल गरेका हुन्। दोस्रो हाफको पहिलो मिनेटमा नै मिलनले गोल गरेपछि चर्च ब्वाइजले दोस्रो पटक अग्रता बनाएको हो ।
शुसिल शाहको क्रसमा मिलनले पेनाल्टी बक्स भित्रवाट गोल गरेका हुन्। मिलन सुवास गुरुङको सट्टा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ४८ औं मिनेटमा चर्च ब्वाइजका आशिषको प्रहार बारमा लागेर फर्किदा गोलअन्तर बढाउने मौका खेर गएको थियो।
१० औं खेलपछि चर्च ब्वाइजको १८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १७ अंक रहेको सातदोबाटो चौथो स्थानमा झरेको छ। आजै पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको थ्री स्टार १८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । हिमालयन शेर्पा ९ अंकका साथ १३औं स्थानमा छ । २० अंककस साथ जाउलाखेल युथ क्लब शीर्ष स्थानमा छ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]