default_image

3 years ago

April 20, 2023

राष्ट्रपति रनिङशिल्डबाट प्रतिभाको खोजी गरिने

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ ।

छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको थियो ।

प्रतियोगितामा सहभागी खेलका संघहरुले खेल प्रतिभाको खोजीका लागि समिति बनाउने, प्रतियोगिता सन्चालन निर्देशिकामा गर्नु पर्ने संशोधनका लागि बैशाख मसान्त सम्म सुझाव दिनु पर्ने निर्णय भएको छ ।

यस्तै प्रतियोगिताको उद्घाटनमा विभिन्न विद्यालयहरुबाट मार्चपासमा विद्यार्थीहरु सहभागी गराउने र मार्चपासमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई पुरस्कृत गरिने भएको छ ।

छलफलमा परिषद्का सदस्यहरु, कराते महासंघका अध्यक्ष युवराज लामा, परिषद्का विभागिय प्रमुखहरु, भलिवल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो र उसु संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरुको सहभागिता थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.