default_image

3 years ago

April 22, 2023

अशोकलाई रजत

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।

जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् । नेपालकै अर्का खेलाडी नन्द विष्टले काश्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए ।

सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् । सो प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रविन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.