default_image

3 years ago

April 29, 2023

उपाधिको लागि नेपाल र युएई भिड्ने

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुने भएको छ । युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।

उता घरेलु टोली नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको छ । कुवेतसँगको पहिलो सेमिफाइनल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । उपाधिको लागि नेपाल र युएईबीच सोमबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

यदि वर्षाको कारण फाइनलमा सोमबार र मंगलबार खेल वा सुपर ओभर पनि हुन सकेन भने वरियताको हिसाबमा नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआइ वरियातामा १४ औं र युएई १९ औं स्थानमा छन् ।

पहिलो सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

उता मुलपानीमा जितको लागि २ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाउदा वर्षाको कारण खेल रोकिएको थियो । युएई डकवर्थ लेविस पद्धतिको आधारमा तीन रनले अघि भएपछि दुई रनले विजयी भएको हो ।

४३ औं ओभरमा दुई विकेट गुमाउनु ओमानको लागि हारको कारण बन्यो । ४३ औं ओभरको तेस्रो बलमा आयन खान आउट हुनुअघि ओमान खेलमा ८ रनले अघि थियो । आयन खान आउट भएपछि ओमान अझै चार रनले अघि थियो । तर अन्तिम बलमा सन्दीप गौड आउट भएसँगै पराजित हुन पुगेको थियो । ओमानका कश्याप प्रजापति ४३ बलमा ९ चौकासहित ४९ रनमा आउट भए ।

स्पिनर कार्तिक मयाप्पनको बलमा एलबीडब्लू आउट भएपछि अर्धशतक पूरा गर्न एक रनले चुकेका थिए । ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले १५।३ ओभरमा ७९ रनको साझेदारी गरेका थिए । तर प्रजापति आउट भएपछि बाँकी दुई विकेट लगातार गुमाएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.