default_image

3 years ago

May 11, 2023

ह्यान्डबल टोली बंगलादेश जाने

289 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईएचएफ ट्रफी वोमन, २०२३ (साउथ–सेन्ट्रल एसिया) मा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली ह्यान्डबल टोली शुक्रबार बंगलादेशको ढाका जाने भएको छ ।

मे १३ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले युथ र जुनियरमा प्रतिस्पर्धा गर्नेछ । युथमा कुसुम बानियाँ, सुस्मिता तिमिल्सिना, रेखा घर्ती, सन्ध्या राई, बानुमाया गुरुङ र रोशनी पुन छन् ।

यस्तै अर्पणा पुन, रविना विश्वकर्मा, सुष्मा गुरुङ, साइमना राणा, हीराकुमारी कार्की, पुर्णिमा पौडेल, पवित्रा विक र रक्षा तिलिजा पुन रहेका छन् । व्यवस्थापकमा विश्व बम मल्ल तथा प्रशिक्षकमा कृष्णबहादुर शाक्य र पवनकुमार लाल छन् ।

जुनियरमा कृतिका गुरुङ, विमला भुजेल, प्रीति विक, अस्मिता नेपाली, अनिशा रेग्मी, स्नेहा सुवेदी, प्रकृति बस्नेत, मोनिका क्षेत्री, प्रेक्षा कटुवाल, अन्जिता राई, रिजना राई, मेनका भुजेल, रुचिता घर्ती मगर र ममताकुमारी बानियाँ रहेका छन् । व्यवस्थापकमा हिमालराज दाहाल तथा प्रशिक्षकमा रामेश्वरप्रसाद श्रेष्ठ र रन्जना राई छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.