default_image

3 years ago

May 12, 2023

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो ।

पहिलो दिन एक स्वर्णको मात्र छिनोफानो हुँदा आयोजककी सुष्मिता खड्गीले पहिलो स्थान हात पारिन् । विभिन्न २३ स्पर्धा समावेश प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने तेक्वान्दो प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.