default_image

3 years ago

May 22, 2023

काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि, नेपालले किर्गिस्तानसँग खेल्दै

443 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप आज (सोमबार) देखि नेपालमा सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ४ः३० बजेपछि हुनेछ ।

आज नै उज्वेकिस्तान र श्रीलंकाले बिहान ९ः३० बजे खेल्नेछ । त्यसपछि भारत र बंगलादेशबीच मध्यान्ह १२ बजे खेल हुनेछ । साँझ ७ बजे माल्दिभ्स र काजकस्तानबीच खेल हुनेछ ।

च्यालेन्ज कपको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एक विशेष समारोहका बीच उद्घाटन गर्नेछ । प्रचण्ड प्रधानमन्त्री रहँदा नै २०७४ जेठ ८ गते भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको थियो ।

घरेलु मैदानमा नेपाल उपाधि उचाल्ने योजनासहित कोर्ट उत्रनेछन् । आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीकी कप्तान अरुणा शाहीले प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गर्ने योजना रहेको बताएकी छिन् ।

अरुणाले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिकको अवसर भएको बताईन् । भारतीय टोलीका कप्तानले तयारी राम्रो रहेकाले उपाधि योजना रहेको बताइन् ।

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ ।

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।

नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.