default_image

2 years ago

May 23, 2023

नेपालले आज बंगलादेशसँग खेल्दै

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ ।पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी भारतसँग खेल्नुअघि नै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्न चहान्छ ।

तुलनात्मक रुपमा कमजोर टोली बंगलादेशविरुद्ध मुख्य प्रशिक्षक जान डे ब्रान्टले नयाँ खेलाडीलाई डेब्यु दिने सम्भावना छ । प्रशिक्षक ब्रान्टले किर्गिस्तानविरुद्धको खेलमा मिडल ब्लकर संगम महतो र अपोजित हिटर रिमा कुँवरलाई डेब्यु गराएको थियो । अब मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, अपोजिट हिटर पुजा चौधरी र लिवेरो शान्तिकला तामाङले डेब्यु गर्न बाँकी छ ।

बंगलादेश पहिलो खेलमा भारतसँग पराजित भएको थियो । आज नै यस समूहमा भारत र कीर्गिस्तानबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल मध्यान्ह १२ः३० बजे हुनेछ । उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साँझ ६ः३० बजे हुनेछ ।

काजकस्तानले पहिलो खेलमा माल्दिभ्सलाई तथा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको छ । काजकस्तान र उज्वेकिस्तान विजयी भएमा समूह ‘बी’ बाट अन्तिम खेल अघि नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

December 2, 2024

काभा क्लब च्याम्पियन्सिप – गण्डकीबाट ३ भारतीयले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले यसै साता काठमाडौंमा सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि अन्तिम टोली घोषणा गरेको छ । गण्डकीले खोम प्रसाद पाण्डे ‘हरि’ को कप्तानीमा ३ भारतीय खेलाडीलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबका दुई खेलाडी सेटर दुर्गा […]

December 2, 2024

३ पाकिस्तानीसहित हेल्प नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु भलिबलमा राम्रो प्रभाव छाडिसकेका ३ पाकिस्तानी खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि आफ्नो टोली घोषणा गरेको छ । हेल्प नेपालले सोमबार पाकिस्तानी खेलाडी सार्वजनिक गर्दै अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तानी खेलाडीमा स्पाइकर मजर […]

December 1, 2024

वेस्ट ह्यामलाई हराउँदै आर्सनल दोस्रो स्थानमा

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले शनिवार वेस्ट ह्याममाथि ५-२ ले हरायो। वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्ट्जले गोल गरे । घरेलु टोलीका लागि भने इमेर्सन र आरोन विसाकाले गोल गरे । सबै गोल पहिलो […]

Success

Thank you for your time.