2 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई नगदसहित शुक्रबार सम्मान गरेको छ ।
खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए ।
प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दिपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भए । सबैलाई जनही १ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।
यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता समान तथा प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ । सेतोपाटी अनलाइनका सिताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट पुरस्कृत भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र पाए ।
प्रदेशतर्फ पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा कोशी प्रदेशबाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेश प्रदेशबाट ईकागजका संजिवकुमार शाह, बाग्मती प्रदेशबाट रेडियो कान्तिपुरका सुवास विडारी, गण्डकी प्रदेशबाट आदर्श समाज राष्ट्रिय दैनिकका धनबहादुर गुरुङ, लुम्बिनी प्रदेशबाट आदर्श समाजका विजय नेपाल, कर्णाली प्रदेशबाट अन्नपूर्ण पोस्टका ललितबहादुर बुढा र सुदूरपश्चिम प्रदेशबाट अनलाइन सुदूरआज डट कमका पूर्णबहादुर खड्का रहेका छन् ।
पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिककी ज्योति कटुवाल तथा कान्तिपुर दैनिककै दिपक परियार सम्मानित भए । उनीहरुले २५ हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]