default_image

3 years ago

May 29, 2023

कोप चेसमा सुदिप च्याम्पियन

328 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका सुदिप तामाङले प्रथम कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेल्दै उपाधि जितेका हुन् । सुदिपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ७.५ अंक जोडे । उनले उपाधिसँगै १० हजार रुपैयाँ प्राप्त गरे ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बुद्धिचाल महासंघको सहयोजनामा भएको प्रतियोगितामा समान ७.५ अंक जोडेका फिडे मास्टर क्षितिज भण्डारी दोस्रो भए । उनी सुदिपसँग प्रोगे्रशिप टाइब्रेकरमा पछि परे । उनले सात हजार पाए ।

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले तेस्रो स्थानमा चित्त बुझाए । उनी अन्तिम चरणमा क्षितिज सँग बराबरी खेल्न पुगेका थिए । पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरविर लामा, राजन पुरी र श्रीलंकाकी ओमवन आइएम एम सचिन राणसिंगे क्रमश चौथो देखि दशौं स्थानमा रहे ।

राणसिंगे महिलातर्फ प्रथम भइन् । ५५ बर्ष उमेरसमूह माथि भने भगवती प्रसाद शर्मा उत्कृष्ट रहे । सहकारीतर्फ एनसीएफका डिजिएम सुरेश थापा प्रथम भए । महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् ।

एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए । वेष्ट ¥याङ्क सुधार गर्नेमा मनोज कुमार श्रेष्ठ उत्कृष्ट रहे ।

विजेता खेलाडीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुर गौतमले पुरस्कार वितरण गरेका थिए । महासंघका अध्यक्ष कँडेलले चेस प्रतियोगितालाई आगामी दिनमा अझै भव्य रुपमा आयोजना गर्ने घोषणा गरे ।

ललितपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १ सय ११ जनाको सहभागीता रहेको प्रमुख आर्विटर उमेश केसीले बताए । प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुको सहभागीता रहेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.