3 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गतको टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
सुबासले ४–अन्डर ६८ र सदभावले ३–अन्डर ६९ स्कोर गरे । सुबास र सद्भावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए ।
समग्रमा ३–अन्डर २ सय ८५ सहित भारतले रजत पदक प्राप्त ग¥यो । मंगलबार सुमित कोटवालले ८–अन्डर ६४ र सुरज जोशीले २–ओभर ७४ स्कोर गरे । यो जोडीले समग्रमा ६–अन्डर १ सय ३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो ।
समग्रमा ५–ओभर २ सय ९३ सहित भुटानले कास्य पदक हात पा¥यो । ७–ओभर १ सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १–अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८–ओभर ८० मा खेल सकाए ।
प्रतियोगिताको व्यक्तिगततर्फ भारतीय सुमित कोटवाल ८–अन्डर ६४ को सानदार स्कोरमा शीर्षस्थानमा उक्लिएका छन् । उनले समग्रमा १२–अन्डर १ सय ३२ सहित पहिलो दिनका लिडर नेपालका सुबास तामाङलाई दुई स्ट्रोकले पछि पारेका छन् ।
४–अन्डर ६८ को कार्ड बनाएका सुबासले समग्रमा १०–अन्डर १ सय ३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा झरे । सद्भाव आचार्यले आज ३–अन्डर ६९ को स्कोर निकाले । समग्रमा ७–अन्डर १ सय ३७ सहित उनी तेस्रो स्थानमा छन् ।
यसैगरी भुटानका उगेन दोर्जी समग्रमा ४–अन्डर १ सय ४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा २–अन्डर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे ।
यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १–ओभर १ सय ४५ सहित सातौं तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङले समग्रमा ५–ओभर १ सय ४९ स्कोरका साथ संयुक्तरुपमा नवौं स्थान बाँडे ।
भारतका सुमितले बोगीरहित ८–अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै ४–अन्डर ३२ मा सकाए । उनले दोस्रो, चौंथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । त्यसपछि उनले १०औं, १४औं, १५औं र १८औं होलमा पनि एक–एक सट बचाए ।
सुबासले फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गरे । पहिलो होलमा बोगी खेपेका उनले ५–पारको तेस्रो होलमा ईगलको सफलता प्राप्त गरे । सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । यसपछि ११औं, १४औ र १८औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।
सद्भावले बोगी रहित राउण्ड खेले । फ्रन्ट नाइन ३–अन्डर ३३ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए ।
महिलातर्फ कश्मिरा शाहले ८–ओभर ८० स्कोर गरिन् । समग्रमा १४–ओभर १ सय ५८ सहित शीर्षस्थानमा उक्लिएकी छिन् । उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई ३ स्ट्रोकले पछि पारेकी छिन् । सुष्माले १२–ओभर ८४ स्कोर गर्दा समग्रमा १७–ओभर १ सय ६१ मा ३६ होलको खेल पुरा गरिन् । १४–ओभर ८६ सहित समग्रमा ४०–ओभर १ सय ८४ सहित तेस्रो स्थानमा छिन् ।
३६ होलको समाप्तीमा २०–ओभर १ सय ६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन् । जसमा १६ जना नेपाली खेलाडी रहेका छन् ।
नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फ खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा प्रतिस्पर्धा भैरहेको छ । ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकूद परिषद्, बागमती प्रदेश खेलकुद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीले सहषेग गरेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]