2 years ago
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सदभाव आचार्य र सुबास तामाङ संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा बुधबार सदभाव र सुबासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन् ।
सदभावले ७–अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए । सुबासले भने इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे ।
दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८–अन्डर ६४ को स्कोर बनाए । यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले संयुक्त रुपमा तेस्रो स्थान बाँडे । शुक्रले ५–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए । दुवैले समग्रमा ६–अन्डर १ सय ३८ स्कोर गरे ।
४–अन्डर १ सय ४० सहित भुवन नगरकोटी र तोरण विक्रम शाही संयुक्तरुपमा पाँचौ स्थानमा छन् । भुवनले ४–अन्डर ६८ र तोरणले इभन–पार ७२ स्कोर गरे । यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्त रुपमा सातौं स्थानमा छन् । दुवैले आज इभन–पार ७२ को कार्ड बनाए ।
समग्रमा २–अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन् । आज उनले २–अन्डर ७० स्कोर गरे। इभन–पार ७२ सहित समग्रमा १–अन्डर १ सय ४३ सहित दिनेश प्रजापति १०औं स्थानमा छन् ।
३६ होलको समाप्तीमा ७–ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन् ।
प्रोफेसनलतर्फ रबि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवन कुमार रोक्का, धन बहादुर थापा, दल बहादुर गुरुङ, रामे मगर, पुर्ण प्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंक बहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।
एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन् । उनले २–अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन् । यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमेच्योर खेलाडीले पनि कट बनाए ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ ।कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ।
यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिता सकिँदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् ।
उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]