default_image

2 years ago

June 8, 2023

सदभावलाई दुई स्ट्रोकको स्पष्ट अग्रता

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता लिदै शीर्षस्थानमा रहन सफल भएका छन् ।

अन्तिम १८ होलको खेल बाकी छँदा सदभावले एकल अग्रता बनाएका हुन् । सदभावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले। समग्रमा १६–अन्डर २०० को सानदार स्कोरमा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङलाई दुई स्ट्रोकले पछि पारे ।

दोस्रो दिनका संयुक्त लिडर सुबास ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा झरे । प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन् ।

२–अन्डर ७० को कार्ड बनाएका धरानका निरज तामाङ समग्रमा ८–अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्र बहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे । समग्रमा ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सदभाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन् ।

समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए । इभन–पार ७२ को स्कोरमा समग्रमा ३–अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे।

पुर्ण प्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । पुर्णले ६–अन्डर ६६ र शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३–ओभर ७५ को स्कोर निकालेका तोरण बिक्रम शाही समग्रमा १–अन्डर २ सय १५ सहित १०औं स्थानमा छन् ।

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन्। आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए ।

युवा गल्फर सदभावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। सदभावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे ।

यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।

सुबासले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक–एक सट बचाए। छैटौं होलमा बोगी प्रहार गरे । ब्याक नाइन भने १–अन्डर ३५ मा पुरा गरे। १२औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १०औं र १४औं होलमा एक–एक सट खेर फाले ।

निरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे। पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । ब्याक नाइनमा उनले लय गुमाए। ११औं र १२ औं होलमा एक–एक सट बचाए। तर १४औं र १६औं होलमा बोगी खेप्दा १५औं होलमा ट्रीपल बोगी प्रहार गरे ।

शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए । उनले पहिलो, चौथों, नवौं, १५औं र १७औं होलमा एक–एक सट बचाए । सातौ, आठौं, ११औं र १३औं होलमा बोगी खेपे ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ ।

कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।

सुर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिता सकिंदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने सुचीको शीर्षस्थानमा छन् ।

उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.