2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको च्याम्पियन बनेका छन्।

सुवासले अन्तिम दिन ७–अन्डर ६५ को उत्कृष्ट स्कोर गर्दै समग्रमा २१–अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराएर उपाधि जितेका हुन् ।
सुवासको यो सिजनको दोस्रो र करिअरको पाँचौं प्रो उपाधि हो । उनले शुक्रबार प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको सानदार अन्त्य गरे ।
प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन् । युवा गल्फर सदभावले १–अन्डर ७१ सहित समग्रमा १७–अन्डर २ सय ७१ को स्कोरमा दोस्रो भए । उनी एमेच्योरर्फ पनि दोस्रो भए ।
धरानका निरज तामाङले आज ४–अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भए । प्रोफेसनलतर्फ उनी पहिलो भए । उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे ।
डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले ४–अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११–अन्डर २ सय ७७ सहित चौंथो भए । प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गरे ।

यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन् । यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे ।
भुवन नगरकोटीले समग्रमा ५–अन्डर २ सय ८३ स्कोर गरे। अन्तिम दिनको खेल इभन–पार ७२ मा सकाउँदै भुवन पाँचौ भए । प्रोतर्फ उनी तेस्रो भए र १ लाख २० हजार प्राप्त गरे।
२–ओभर ७४ स्कोर गर्दै समग्रमा ३–अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैटौं भए । प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे ।
यसैगरी समग्रमा १–अन्डर २ सय ८७ सहित तोरण विक्रम शाही सातौं भए । उनले शुक्रबार इभन–पार ७२ मा खेल सकाए । प्रोतर्फ भने पाँचौ हुदै उनले ८६ हजार हात पारे ।
३–ओभर ७५ सहित समग्रमा १–ओभर २ सय ८९ को स्कोरमा शिवराम पौडेल आठौं भए । उनले ७९ हजार नगद प्राप्त गरे। प्रोतर्फ उनी छैटौं स्थानमा आए । समग्रमा २–ओभर २ सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे ।
उनले ४–ओभर ७७ मा खेल सकाए। प्रोतर्फ उनी सातौ भए । पुर्ण प्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्त रुपमा आठौं स्थान बाँडे । उनीहरूले समग्रमा ३–ओभर २ सय ९१ स्कोर गरे । उनीहरूले जनही ६५ हजार प्राप्त गरे ।
अन्तिम १८ होलको खेल बाकी छँदा सुवास सदभाव भन्दा दुई स्ट्रोकले पछि थिए । सुवास र तेस्रो दिनका लिडर सदभावले फ्रन्ट नाइन समान ३–अन्डर ३३ मा सकाए । दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे ।
अन्तिम नौ होलको खेल बाकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो । तर ब्याक नाइनमा सदभावले लय गुमाए ।१६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक–एक सट खेर फाले ।
यता सुवासले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४औं होलमा एक सट खेर फाले पनि ५–पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४–अन्डर ३२ मा पुरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए ।
नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र आठौं होलमा बर्डी प्रहार गर्दा चौंथो होलमा बोगी खेपे । यसपछि १३औं र १५औं होलमा एक–एक सट खेर फाले ।
उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, सातौं तथा ११औं देखि १४औं होलमा चार गरी कुल सात बर्डी प्रहार गरे । उनले नवौं, १५औं र १८औं होलमा बोगी खेपे ।
सुर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रबि के रायभरम, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।
प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो । शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । कूल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]