2 years ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन शनिबार मेक्सिको प्रस्थान गरेका छन् ।

नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र १ कांस्य पदक जितेका छन् । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) को आयोजनामा हुने प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ ।
उनलाई सफलताको शुभकामना दिदै चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, तेक्वान्दो प्रशिक्षक सुवास तामाङलगायतले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]