default_image

2 years ago

June 21, 2023

राष्ट्रिय स्केटबोर्ड शनिबार

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ । त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता हुनेछ ।

छनोट प्रतियोगिताबाट समान १०–१० पुरुषम र हिला खेलाडी फाइनल चरणका लागि छनोट गरिने छ । पुरुष र महिलामा १– १ गरी २ स्पर्धामा खेल हुनेछ ।

दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी गराए । दुवै समूमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेश्रोपटक हो । बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो । यसैबीच संघले विश्व स्केट दिवसका अवसरमा बुधबारै ¥याली आयोजना ग¥यो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.