2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले चीनको होङझावमा आगामी सेप्टेम्वर र अक्टोवरमा हुने १९औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ ।

संघले महिला र पुरुषमा समान ३–३ गरी कुल ६ खेलाडी छनोट गरेको हो । संघले बसुन्धारास्थित पुर्व प्रहरी संगठनको हलमा अन्तिम छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो ।
पुरुषतर्फ सावर इभेन्ट्समा आर्मीका उपेन्द्र शाही, एपिएफका राजेन्द्र गजुरेल र पायष योन्जन छनोट हुन सफल भए ।महिलातर्फ फोयल इभेन्ट्समा बागमती प्रदेशकी गोमा आचार्य, एपिएफकी अनिता अधिकारी र एपिएफकै मन्दिरा थापा छनोट हुन सफल भएको छ ।
१९औं एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोवर ८ तारिखसम्म चीनको होङझावमा आयोजना हुँदैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]