2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार पाँचौं हार बेहोरेको छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको खेलमा नेपाल घरेलु टोली किर्गिस्तानको ‘बी’ सँग ३–२ को सेटमा पराजति हुँदै लिगमा लागतार पाँचौ हार बेहोर्न पुगेको हो ।
विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । २३–२३ को बराबरीबाट लगातार २ अंक जोड्दै पहिलो सेट जित्न सफल भयो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा तीनपटक सेट पोइन्ट नजिक पुगेपनि फिनिसिङमा चुक्दा नोपलले किर्गिस्तानलाई २७–२९ ले नतिजा सुम्पन पुग्यो । तेस्रो सेटमा एक समय अग्रता लिएको नेपालले त्यो अग्रतालाई जोगाउन नसक्दा २२–२५ ले नतिजा सुम्पन पुग्यो ।
चौथो सेटमा एकपक्षीय प्रदर्शन गर्दे नेपालले २५–११ को सहज जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्णायक तथा पाँचौ सेट १४–१६ ले गुमाएपछि नेपालले नतिजा किर्गिस्तानलाई सुम्पियो ।
१०–१२ ले पछि नेपाललले लगातार ३ अंक बटुल्दै खेलमा १३–१२ को अग्रता लिएपनि त्यसपछि लगातार २ गुमाएपछि नेपाल खेलमा पछि पर्दै सेट पनि गुमाउन पुग्यो । किर्गिस्तानले दुईपटक म्याच पोयन्ट लिर्द जित निकाल्न सफल भयो ।
यस हारका बाबजुत पाँच सेट खेलेकाले नेपालले नेसन्स लिगमा पहिलो अंक बटुलेको छ । नेपाल ५ खेलबाट १ अंक जोडेर पुछारमा छ । किर्गिस्तान ‘बी’ को चार खेलबाट ४ अंक छ ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]