2 years ago
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
आईएसए नेपालले बोर्न टु हुपलाई १३–७, बलर्स एकेडेमीलाई ६–२ र गोल्डेन बडलाई १३–२ ले पराजित ग¥यो । बोर्न टु हुपले गोल्डेन बडलाई ७–५ तथा बलर्सलाई ११–८ ले हरायो । आईएसए नेपालसंग भने बोर्न टु हुपसंग १३–७ ले पछि प¥यो ।
ब्वाइजमा मनास्लु वल्र्ड कलेज, युजीए, ग्रान्डी, बोर्न टु हुप, जिपीएचएस, बलर्स एकेडेमी भीएस ‘ए’ र टिम कुमारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ब्वाइजमा २२ टिम सहभागी छन् ।
दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । नगद पुरस्कार बाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]