default_image

2 years ago

September 29, 2023

हिसुब काठमाडौं रेजर्सको मार्की खेलाडी

791 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई मार्की खेलाडी बनाएको जानकारी दिएको छ ।

गत सिजनको सहिद स्मारक ए डिभिजन लिग उनले जावलाखेल युथ क्लबबाट खेलेका थिए । लिगमा २५ खेलमा उनको चार गोल र चार असिस्ट थियो । लिगपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल भएका उनले पहिलो पटक राष्ट्रिय टोलीका लागि भने गत महिना म्यानमारविरुद्ध डेब्यु गरेका थिए ।

काठमाडौंले पहिलो संस्करणमा गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडी बनाएको थियो । पहिलो संस्करणमा काठमाडौंले धनगढी एफसीलाई फाइनलमा १-० ले हराउँदै उपाधि जितेको थियो । पहिलो संस्करणको एनएसएल कोभिड(१९ को महामारीका कारण दर्शक बिना खेलिएको थियो।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अन्जन विष्ट, ललितपुरले अनन्त तामाङ, वीरगन्जले दिप कार्की र स्पोर्टिङ इलाम डे मेचीले विकेश कुथुलाई मार्की खेलाडी सार्वजनिक गरि सकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.