2 years ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हाइल्यान्ड १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइल्यान्डले डिफेन्डिङ च्याम्पियन ओरियन्टल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ गोअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।
मूलपानीमा भइरहेको प्रतियोगितामा ब्रहम्कुञ्ज पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । ब्रम्हकुञ्जले अक्षरालाई ४–१ गोलले हरायो । ब्रम्हकुञ्जका सिद्धार्थ कर्माचार्यले ह्याट्रिक गरे भने शुभम् खड्काले १ गोल थपे ।
करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले एक्लब्य शिक्षा सदनमाथि २–१ को जित दर्ता गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]