2 years ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो ।

अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अन्जलीले भारतको मुम्बइमा भएको मुम्बइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि ३ तीन पदक जित्न सफल भएकी थिइन् । अन्जलीले एकल र टिम काता तथा कुमुतेमा स्वर्ण जितेकी थिइन् ।
पूर्व मन्त्री, लेखक, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद् केशव पोखरेल, कमला कार्की स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्कीले अन्जलीलाई नगद १० हजार १ रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
नैकापस्थित ब्राइट फ्युचरमा भएको कार्यक्रममा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरी नगरपालिका वडा १४ र १५ का क्रमशः ९७ वर्षीयाँ धनमाया महर्जन र ९४ वर्षीयाँ भगवती खत्रीलाई पनि समान १० हजार १ रुपैयाँ नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । संस्था सम्मानतर्फ नेवारी वाजा खललाई १ लाख १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।
भद्रकुमारी घलेले स्व. कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा संस्था स्थापना गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेर आमाप्रति उच्च सम्मान प्रकट गरेको धारणा व्यक्त गरिन् ।
संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने महानुभावहरुलाई आफ्नो संस्था मार्फत सानै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।


November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]


October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]


October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]