2 years ago
January 17, 2024
सिड्नी (हाम्रो खेलकुद) – कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा अष्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् ।
दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता खेलाडी हुन् । हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मन्देकाजीले सागमा दोहोरो तथा वीर बहादुरले स्वर्णपदक जितेका थिए ।
नेपाल अष्ट्रेलिया कराते टिमले नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्रले सम्मानित गरिएको कार्यक्रम संयोजक तथा सागका कास्य विजेता मुकुन्द्र महर्जनले जानकारी गराए ।
सम्मान कार्यक्रममा सागका स्वर्ण विजेता नवीन रसाइली, रजत विजेता दिवस श्रेष्ठ, विजय श्रेष्ठ, गगन पुन र सुजन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । उनीहरु सबै करातेका पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
यसअघि समाजसेवी तथा खेलप्रेमी विनोद खड्काको संयोजकत्वमा पनि मन्दे र वीर बहादुरलाई खादा मायाको चिनोले सम्मान गरिएको थियो ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]