2 years ago
January 25, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको नकआउट चरणको समीकरण पुरा भएको छ । समूह चरणका अन्तिम खेलहरु बिहीबार सकिएपछि नकआउट चरणको खेल तालिका टुंगो लागेको छ ।
समूह एफ अन्तर्गतका अन्तिम दुबै खेल बराबरीमा सकिएका छन् । अन्तिम खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान बनाएको साउदी अरेबिया र थाईल्याण्डले गोलरहित बराबरी खेले । यो बराबरी संगै थाईल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउटमा आफ्नो स्थान पक्का गरेको छ ।
ओमान र कीर्गिस्तान बीचको अर्को खेल १-१ को बराबरीमा सकिएसँगै ओमानको यात्रा भने टुंगिएको छ । आज जित हासिल गरेको भए ओमान उत्कृष्ट चार तेस्रो स्थान हासिल गर्ने टोली मध्य एक बन्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्ने थियो । तर ओमान बराबरीमा रोकिएपछि इन्डोनेसिया इतिहासमा पहिलो पटक अन्तिम १६ मा छनोट भएको छ ।
समुहमा साउदीले ७ अंक हासिल गर्दा थाइल्याण्डले ५, ओमानले २ र किर्गिस्तानले १ अंक हासिल गरे ।
अब अन्तिम १६ का खेलहरु यसप्रकार रहेका छन् :
ताजिकिस्तान विरुद्ध युएइ
इराक विरुद्ध जोर्डन
अस्ट्रेलिया विरुद्ध इन्डोनेसिया
साउदी अरेबिया विरुद्ध दक्षिण कोरिया
उज्बेकिस्तान विरुद्ध थाइल्याण्ड
कतार विरुद्ध प्यालेस्टाइन
बहराइन विरुद्ध जापान
इरान विरुद्ध सिरिया
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]